काठमाडौं- पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण आज कोशी र गण्डकीका पहाडी इलाकामा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Advertisement
आज दिउँसो कोशी, वागमती र गण्डकीका पहाडी भेगमा आंशिक वदली भई बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकीका पहाडी भेगमा १-२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यस्तै, कोशीका थोरै स्थानमा हावाहुरी आउने सम्भावना छ।
आज राति कोशीका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।