काठमाडौं– काठमाडौंमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।
Advertisement
आफ्नै श्रीमती ३२ वर्षीया अनिसा परियारलाई कुटपिट गरी हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-६ भुगोलडाँडा डेरा गरी बस्ने ओखलढुङगा घर भएका सन्तोष परियारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो।
श्रीमतीलाई कुटपिट गरी हत्या गरेको भनी परियारले प्रहरी वृत्त बौद्धमा आई जानकारी गराए पश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवस्यक अनुसन्धान गरिरहेको बताएको छ।