भोजपुर– भोजपुरमा बोलेरो जिप दुर्घटनामा परेको छ।
Advertisement
बालाङखाबाट दुङमाना हुँदै सिवार जाँदै गरेको को१ज २६१७ नम्बरको जिप आमचोक गाउँपालिका-८ पारकुवास्थित सडकबाट दुधकोसी नदीको किनारमा खसेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा आमचोक गाउँपालिकाकी रूना राई रहेको प्रहरीले जनाएको छ।
१४ यात्रु सवार हुनसक्ने प्रहरीको अनुमान छ। घाइते १३ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ। भने एक जनाको मृत्यु भएको छ। सोही आधारमा प्रहरीले जिपमा १४ यात्रु सवार हुनसक्ने अनुमान गरेको हो। यद्यपी भिरबाट जिप खस्दा मानिस भिरमै खसेको पनि हुनसक्ने भएकोले जिपमा कति यात्रु थिए भन्नेबारे यकिन भइनसकेको प्रहरीले जनाएको छ।