इलाम– प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा हालसम्म २७ हजार ६ सय १४ मत मध्ये एमालेका उम्मेदवार सुहाङ नेम्बाङले मतान्तर बढाउँदै लगेका छन्।
हालसम्मको मत गणनाअनुसार नेम्बाङले ११ हजार ७८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार ३ सय २४ मतसहित पछ्याइरहेका छन्।
त्यस्तै स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले ६ हजार ९ सय १ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले १५ सय १२ मत प्राप्त गरेका छन्।
एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए। उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्रसहित १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
विसं २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रमा एमालेका सुवासचन्द्र नेम्बाङ ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए। कांग्रेस उम्मेदवार खड्काले २९ हजार नौ सय ६ मत पाएका थिए।