काठमाडौं– काठमाडौंमा शनिबार एकैदिन दुई पुरुष मृत फेला परेका छन्।
Advertisement
काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित सडकमा धादिङ मलेखु नगरपालिका-२ घर भई काठमाडौं कुलेश्वर डेरा गरी बस्ने ५१ वर्षीय रमेश परियार शनिबार मृत अवस्थामा फेला परेका छन्।
त्यस्तै कीर्तिपुर नगरपालिका-३ खसीबजार बस्ने ३८ वर्षीय रमेश श्रेष्ठ आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन्।
दुवैको मृत्युको घटनामा आवस्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।