बझाङ– बझाङ-१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हाल दुई वडाको मतगणना सम्पन्न भएको छ।
Advertisement
जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको वडा नम्बर १ र २ को मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्राप्त परिणाम अनुसार १६ सय ९२ मतगणना हुँदा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले ७ सय ५७, नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ३ सय ८०, नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले २ सय २६, नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले १ सय १५ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का किशोर खड्काको ९ मत प्राप्त गरेका छन् भने २८ मत बदर भएका छन्।