काठमाडौं– काठमाडौंको टोखाबाट प्रहरीले ८ जुवाडेलाई पक्राउ गरेको छ।
Advertisement
टोखा नगरपालिका-९ सृजना टोल बस्ने ४९ वर्षीय हरि श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसमेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
प्रहरी वृत महाराजगंजबाट खटिएको प्रहरीले नगद १ लाख १३ हजार ५ सय रूपैयाँ, जुवा खेल्न प्रयोग गरिएका विभिन्न क्वाइन १ सय ९ थान र ४ बुक ताससहित उनीहरूलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।