काठमाडौं– टी-२० सिरिजको दोस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित भएको छ।
वेस्ट इन्डिज ‘ए’ले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५० रन मात्र बनाउन सक्यो।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७१ रन बनाउँदा गुल्सन झाले २६, लोकेश बमले १७, आरिफ शेखले १२ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेटको गुमाउँदै १ सय ६० रन बनाएको थियो।
वेष्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाएका थिए। त्यस्तै गुडाकेश मोतीले ३१, कप्तान रोस्टन चेज २३, केसी काटी १०, जोनसन चार्ल्स र म्याथ्यु फर्डले समान ११/११ रन बनाउँदा एलिक अथान्ज ६ रन बनाए।
बलिङमा नेपालका कुशल भुर्तेल र सागर ढकालले समान २/२ विकेट लिएका थिए। सोमपाल कामी र दपेन्द्र सिंह ऐरीले समान १/१ विकेट लिए।
५ खेलको सिरिज १-१ को बराबरी भएको छ।