जुम्ला– जुम्लाको पातारासि गाउँपालिका-३ छुममा सौतेनी आमाको हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
Advertisement
पातारासि गाउँपालिका-१ गडिगाउँ घर भएकी २६ वर्षीया हाँसु ऐडी २६ वर्षीया हाँसु ऐडीलाई प्रहरीले पक्राउ गरेको हो। शनिबार दिउँसो पक्राउ परेकी हाँसुले सौतेनी आमा ५६ वर्षीया सुवा महतराको हत्या गरेको आरोप छ।
माईतिघर आएकी ऐडीले ढिकीको मुसलले हान्दा महताराको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट तल्फि र प्रहरी चौकी डिल्लिचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।