काठमाडौं– नेपाल र वेस्ट इन्डिज ‘ए’ विरुद्धको जारी टी-२० सिरिजको दोस्रो खेलमा नेपालले टस हारेर पहिले फिल्डिङको निम्तो पाएको छ। त्रिवि क्रिकेट मैदानमा नेपालविरुद्द वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।
Advertisement
टी-२० विश्वकपको तयारीमा रहेको नेपाल र वेस्ट इन्डिजले ५ खेलको टी-२० सिरिज खेल्न लागेका हुन्। शनिबार भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको थियो। नेपाल आज दोस्रो जित निकाल्ने दाउमा छ भने वेस्ट इन्डिज ‘ए’ नेपाललाई हराउँदै पहिलो जित निकाल्ने प्रयासमा हुनेछ।
नेपाली टीममा रोहित पौडेल (कप्तान) लोकेश बम, अनिलकुमार शाह, कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, सागर ढकाल, आकाश चन्द छन्।