काठमाडौं- आज अमेरिकी डलर १ को खरिदमा १३३ रुपैयाँ ५ पैसा र बिक्रीमा १३३ रुपैयाँ ६५ पैसा तोकिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आजका लागि युरो खरिदमा १४२ रुपैयाँ ७६ पैसा र बिक्रीमा १४३ रुपैयाँ ४१ पैसा तय भएको छ। बेलायती पाउन्ड स्टर्लिङ खरिदमा १६६ रुपैयाँ ५१ पैसा र बिक्रीमा १६७ रुपैयाँ २६ पैसा कायम भएको छ।
अस्ट्रेलियन डलर १ को खरिदमा ८६ रुपैयाँ ९७ पैसा र बिक्रीमा ८७ रुपैयाँ ३७ पैसा, क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ४४ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८८ पैसा, सिंगापुर डलर खरिदमा ९७ रुपैयाँ ७६ पैसा र बिक्रीमा ९८ रुपैयाँ २० पैसा तथा जापानी येन १० को खरिदमा ८ रुपैयाँ ४९ पैसा र बिक्रीमा ८ रुपैयाँ ५३ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ ३६ पैसा र बिक्रीमा १८ रुपैयाँ ४४ पैसा तय गरिएको छ।
साउदी अरेबियन रियाल खरिदमा ३५ रुपैयाँ ४७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६३ पैसा, कतारी रियाल खरिदमा ३६ रुपैयाँ ४८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६५ पैसा, यूएईको दिराम १ को खरिदमा ३६ रुपैयाँ २२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३९ पैसा तय गरिएको छ।
मलेसियाको रिंगिट १ को खरिदमा २७ रुपैयाँ ९१ पैसा र बिक्रीमा २८ रुपैयाँ ३ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रुपैयाँ ६७ पैसा र बिक्रीतर्फ ९ रुपैयाँ ७१ पैसा कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४३२ रुपैयाँ २५ पैसा र बिक्रीमा ४३४ रुपैयाँ २० पैसा तथा बहराइनको दिनार खरिदमा ३५२ रुपैयाँ ८७ पैसा र बिक्रीमा ३५४ रुपैयाँ ४६ पैसा तय गरिएको छ।