काठमाडौं- काठमाडौं महानगरपालिका-६ तिनचुली आनन्दपुरस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
सर्लाही ब्रहमपुरी गाउँपालिका-२ धर्मपुर बस्ने २० वर्षीय अरबिन्द साह सोही ठाउँस्थित मकै बारीमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
बाँके नेपालगंज उपमहानगरपालिका-४ बसपार्कस्थित पिपल चौतारामा बर्दीया घर भएका ३० वर्षीय राम सिंह सार्की शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी बाँके बैजनाथ गाउँपालिका-१ चिसापानीस्थित मान खोला पुल मुनी तलाउमा सोही गाउँपालिका-१ चिसापानी भट्टि टोल बस्ने २२ वर्षीय खगेन्द्र राना शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी बाँके कोहलपुर नगरपालिका-६ रझेनास्थित नहरमा हाल नाम,थर, वतन नखुलेका अन्दाजी १२ वर्षीय बालक शनिबार मृत अवस्थामा फेला परेका छन् । पौडी खेल्ने क्रममा नहरमा डुबेको भन्ने खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शव फेला परेको हो ।