काठमाडौं- सवारी साधनको नक्कली लाइसेन्स वितरण प्रकरणमा मुख्यमध्ये एक आरोपित हरिश भट्टलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ।
Advertisement
उनी यातायात व्यवस्था विभागका पूर्व करारका कर्मचारी हुन्। उनलाई आज बिहान सीआईबीको टोलीले नियन्त्रणमा लिएको हो। उनी ठूला सरकारी अधिकारीहरू मुछिएको नक्कली लाइसेन्स प्रकरणका प्रमुख आरोपित मानिएका छन्।
सोही प्रकरण अनुसन्धानका लागि सीआईबीले भट्टलाई पक्राउ गरेको हो। उनलाई यसअघि नक्कली लाइसेन्स प्रकरणमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियुक्त बनाइसकेको छ। तर, अदालतबाट सफाइ पाएका थिए।
यातायात व्यवस्था विभागले वितरण गरेका एक लाखभन्दा बढी लाइसेन्स नक्कली भएको भेटिएको छ। लामो अनुसन्धानपछि सीआईबीले अभियुक्तहरूलाई पक्राउ गर्न थालेको हो।