काठमाडौं- दाङ घोराही उपमहानगरपालिका-१३ एकता टोलस्थित मानिस नबस्ने खाली घरको आँगनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
Advertisement
काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-११ कल्छेबेसी बस्ने ५८ वर्षीय बलराम गौतम सोही ठाउँस्थित खेतमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । बिहीबार राति घरबाट हिँडेका उनी घर नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।