काठमाडौं– शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ। बिहीबार तोलामा २०० ले घटेको सुनको भाउ आज भने तोलामै १४ सय रुपैयाँले बढेको हो।
Advertisement
आज छापावाल सुन तोलामा १४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३७ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ८०० रुपैयाँमा खरिद-बिक्री भएको थियो।
यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँमा किनबेच भइरहेको छ। बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला १६ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १६ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।