सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्।
Advertisement
बिहीबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कँडेलले एमाले, माओवादी र नेकपा एसका २३ सांसदको मत पाएका हुन्। कँडेलको पक्षमा २३ मत पर्दा विपक्षमा १२ मत परेको छ। एक सांसद तटस्थ बसेका छन्।
नेकपा एमालेका १०, नेकपा माओवादी केन्द्रका १३ र एकीकृत समाजवादी १ सांसदले शर्मालाई विश्वासको मत दिए। गत चैत २७ गते मुख्यमन्त्री कँडेलले माओवादीकै अविश्वासका कारण विश्वासको मत लिएका थिएनन्। तर माओवादी पनि सरकारमा सहभागी भएपछि उनले विश्वासको मत लिएका हुन्।