काठमाडौं– बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ। सोमबार र मंगलबार लगातार घटेको सुनको बुधबार भने बढेको हो।
Advertisement
आज छापावाल सुन तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ५०० रुपैयाँमा खरिद-बिक्री भएको थियो।
यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ३५० रुपैयाँमा किनबेच भइरहेको छ। मंगलबार तेजाबी सुन प्रतितोला १ लाख ३४ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला १६ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १६ सय ६० रुपैयाँमा कारोबार भएको थियो।