काठमाडौं – सिन्धुली कमलामाई नगरपालिका-८ बाधठेडा जंगलबाट भरूवा बन्दुक १ थानसहित सोही नगरपालिका-८ खरबाह बस्ने ४५ वर्षीय हिरालाल स्याङताङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।
Advertisement
मोरङ बेलबारी नगरपालिका-७ भाटी बाहुनीस्थित नहरको डिलबाट वेवारिसे अवस्थामा रहेको भरूवा बन्दुक १ थान मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी बाहुनी र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको हो ।