काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं अवतरण गरेका छन्।
Advertisement
थानी मंगलबार बंगलादेशको भ्रमण सकेर दुई दिने नेपाल भ्रमणका लागि अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।
कतारी राजालाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा पुगेका छन्। राजा थानीलाई विमानस्थलमै नेपाली सेनाले सलामीसहित सम्मान गर्ने कार्यक्रम छ।