काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रुघाखोकी लागेपछि घरमै आराम गरेर बसेका छन्।
Advertisement
बिरामी भएपछि गोदावरीमा जारी एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको दोस्रो तथा अन्तिम दिन ओली उपस्थित भएनन्। ओली नगएपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बैठकको अध्यक्षता गरेको केन्द्रीय सदस्य विष्णु रिजालले बताए।
उनले भने, “अध्यक्ष कमरेड केपी शर्मा ओली अस्वस्थताका कारण उपस्थित हुन नसकेपछि वरिष्ठ उपाध्यक्ष कमरेड ईश्वर पोखरेलको अध्यक्षतामा महाधिवेशन प्रतिनिधि परिषद्को आजको बैठक सुरु भएको छ।”
ओलीको सचिवालयले कमजोर स्वास्थ्य अवस्था र संक्रमणको उच्च जोखिममा रहेका ओलीलाई रुघाखोकी लागेपछि बाहिर निस्कन उचित नहुने भएकाले घरमै आराम गरिरहेको बताएको छ।