तनहुँ– तनहुँमा आफ्नै बाबुको हत्या गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।
Advertisement
आफ्नै बाबु ७६ वर्षीय रापबहादुर बिकलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा म्याग्दे गाउँपालिका-६ का २६ वर्षीय दिपक बिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
तनहुँ शुक्लागण्डकी नगरपालिका-९ घारीस्थित छोरी रस्मी बिकको घरमा बस्दै आएका रापबहादुरलाई दिपकले चक्कु प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।