काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिमा आदेश दिन अस्वीकार गरेको छ । ओलीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार भएसँगै नेकपा एकीकृत समाजवादीले वैधानिकता पाएको छ ।
ओलीका तर्फबाट बसह गरेका पूर्व महान्यायाधीवक्ता रमेश बडालले अन्तरिम आदेश दिन अस्वीकार गरी पूर्ण सुनुवाइका लागि रिट पठाउने आदेश दिएको हो ।
अध्यक्ष ओलीले नेकपा एसका अध्यक्ष माधव नेपालसहित १४ सांसदको पद, एकीकृत समाजवादीको वैधानिकता र सभामुखविरुद्ध रिट दायर गरका थिए ।
आइतबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाई हुने गरी पेसी तोकिएको थियो । ओलीले कारबाही गरेका १४ सांसदलाई नहटाई नयाँ पार्टीको मान्यता दिएको भन्दै निर्वाचन आयोग, सांसद पद खारेज गरेको सूचना नटाँसेको भन्दै रिट दायर गरेका थिए ।
गत ९ भदौमा एमालेका ३० जना संघीय सांसद र ५५ जना केन्द्रीय सदस्यले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेपछि निर्वाचन आयोगले नयाँ दलको मान्यता दिएको थियो । त्यसपछि ओलीले गत १७ भदौमा सर्वोच्चमा रिट दायर गरेका थिए ।