मोरङ- विराटनगर महानगरपालिका-१४ स्थित सडकमा को.२ त ५५४६ नम्बरको ट्याक्टरले को.२६ प ९८५१ नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक विराटनगर महानगरपालिका-१४ बस्ने ४५ वर्षीय उत्तिमलाल यादवको मृत्यु भएको छ ।
Advertisement
दुर्घटनामा गम्भीर घाइते भएका उनको सप्तकोशी अस्पतालमा विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।