बारा– बाराको जितपुरसिमरा उपमहानगरपालिकामा सोमबार राति इन्धन बोकेको ट्यांकरसँग मोटरसाइकल ठोक्किँदा प्रहरी जवानको मृत्यु भएको छ।
Advertisement
पथलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको ना.७ख ३०२६ नम्बरको ट्यांकरलाई सोही दिशाबाट आएको ग.१४प ५९७२ नम्बरको मोटरसाइकलले सिमरास्थित टेलिकम चोकमा पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत २९ वर्षीय दिनेश परियारको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका प्रहरी जवान परियारलाई उपचारका लागि एलएस न्युरो अस्पताल लगिएकोमा गएराति नै उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि ट्यांकर चालक फरार छन। बारा प्रहरीले ट्यांकरलाई नियन्त्रणमा लिए फरार चालकको खोजी गरिरहेको बताएको छ।