• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

“१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

मध्यपहाडी लोकमार्ग : ३४ वर्षमा केही भएन भन्‍नेहरूलाई जवाफ


शुक्रबार, माघ २६, २०८० मा प्रकाशित

एमाले सांसद सूर्य थापा भन्छन्, ‘यो लोकमार्ग खासगरी ०४६ पछि केही भएन देशमा भन्‍नेहरूका लागि गतिलो जवाफ हो। पहाडी विकासलाई बसाईं सराईको चपेटाबाट जोगाउन र विकासको औचित्य र प्राथमिकतालाई आत्मसाथ गर्दै यसको निर्माण भएको छ ।’

Advertisement

काठमाडौं- बहुचर्चित मध्यपहाडी लोकमार्ग निर्माण शुरु भएको १८ वर्ष बित्यो। र, यो १८ वर्षमा यस लोकमार्गको ७८ प्रतिशत काम सम्पन्‍न भएको छ।

२०४६ सालको परिवर्तनयता नेपालका पार्टीहरूले के गरे ? यो प्रश्‍न अहिले कथित ‘राजावादी’ भन्‍नेहरूले उठाएको उठायै छन्। त्यसको एउटा जवाफ मध्यपहाडी लोकमार्ग पनि हो।

यो राजमार्ग आर्थिक वर्ष ०६४-६५ देखि निर्माण शुरु भएको थियो। राजमार्गको हालसम्म ७८ प्रतिशत काम सम्पन्‍न भएको र वित्तीय प्रगति भने ७२ प्रतिशत रहेको मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालयका निर्देशक कुवेर नेपाली बताउँछन्।

उनका अनुसार उक्त राजमार्ग १ हजार ८७९ किलोमिटर लामो छ। त्यसमध्ये १ हजार ४१४ किलोमिटरको ट्र्याक आयोजनाले खोलिसकेको छ। बाँकी ट्र्याक भने पुरानो सडक रहेको र त्यसको मर्मतसम्भार गरिएको आयोजनाको भनाइ छ।

मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालयअन्तर्गत ५ वटा योजना कार्यालय छन्। पाँचथर, रामेछाप, गोरखा, पर्वत र दैलेखमा योजनाका कार्यालयहरू छन्। बजेट, डीपीआर तयारी, वातावरणीय अध्ययनलगायत काम निर्देशनालयमार्फत भएको छ। अन्य कामहरू आयोजनाका कार्यालयमार्फत भइरहेका छन्।

संघीय संसदमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसद तथा पार्टीका पोलिटब्युरो सदस्य सूर्य थापा भन्छन्, ‘यो लोकमार्ग खासगरी ०४६ पछि केही भएन देशमा भन्‍नेहरूका लागि गतिलो जवाफ हो। नेपालको पहाडी विकासलाई बसाईं सराईको चपेटाबाट जोगाउन र पहाडी विकासको औचित्य र प्राथमिकतालाई आत्मसाथ गर्दै यसको निर्माण भएको छ।’

यो राजमार्ग दार्चुलाको झुलाघाटदेखि पाँचथरको चिओभञ्‍ज्याङसम्म छिचोलिएको छ। केही भाग रुकुममा एउटा पुल, दैलेख, जाजरकोट खण्डमा केही पक्की गर्न थोरै खण्ड बाँकी छन्। ‘झण्डै १ हजार ८२९ किलोमिटर निर्माण भएको छ। यो ठूलो काम हो,’ सांसद थापा भन्छन्, ‘भारतीय सीमा क्षेत्रमा हुलाकी राजमार्ग, महेन्द्र राजमार्ग, मदन भण्डारी राजमार्गपछिको पहाडी र हिमाली भेगको माथिल्लो बेल्टबाट निर्माण भएको यो अर्को राजमार्ग हो।’

उक्त राजमार्गले छोएका ठाउँहरूमा १० वटा नयाँ शहर विकास गर्ने सरकारी लक्ष्‍य छ। र, गुल्मीको वामीटक्सार पनि थपेर ११ वटा बनाउनुपर्छ भनेर एमालेले माग गरेको छ।

यसका केही खण्डमा घुमाउरो सडक तयार भएको छ। र, प्राविधिक टोलीले पब्लिक अडिट पनि गरेको छ। ती खण्डहरूलाई सुधार गर्दा यो राजमार्ग अहिलेभन्दा छिटो-छरितो हुने विश्‍वास छ।

सांसद थापाको भनाइमा मध्यपहाडी लोकमार्गले पहाडबाट तराई, शहर र विदेशतिर बसाईंसराईको लस्करलाई रोक्ने अपेक्षा पनि छ। ‘बसाईंसराई रोक्नका निम्ति पनि मान्छेलाई आफ्नै थातथलोमा आशा जगाउने हिसाबले यसको निर्माण भएको छ,’ उनी भन्छन्, ‘०५८ सालपछि मुलुकको यातायात नीतिले यो राजमार्गलाई समेटेको थियो। ०६४ सालपछि यसको निर्माण थालनी गरिएको हो। र, केपी शर्मा ओलीको नेतृत्व रहेको सरकारको समयमा यसलाई तीव्रता दिइएको हो। प्राप्त सुझावहरूका आधारमा यसलाई अपडेट गर्नुपर्छ भनेर प्रधानमन्त्रीलाई पनि सुझाव दिइएको छ।’

प्राविधिक र इन्जिनियरहरूको उच्चस्तरको अडिट टिम बनाएर हालसम्म आएका सुझावहरूका आधारमा यसको अपडेट गरेर बाह्रैमास यातायात सञ्‍चालनयोग्य बनाउनुपर्ने सांसद थापाको सुझाव छ।

यी हुन् मध्यपहाडी राजमार्ग जोडिएका जिल्ला

कोशी प्रदेश

चिओभञ्‍ज्याङ, च्याङथापु, ओयाम, थर्पु, गणेशचोक, गोपेटार, जोरसाल, तमोर नदी (पाँचथर), संक्रान्ती बजार, म्याङलुङ, बसन्तपुर (तेह्रथुम), हिले, लेगुवाघाट (धनकुटा), भोजपुर, दिक्तेल, हलेसी, हिलेपानी, टोक्सेलघाट (खोटाङ), घुर्मी (उदयपुर)

वागमती प्रदेश

खुर्कोट, राकाथुम, चौरीखोला, दोलालघाट, बाहुनेपाटी, पाति भञ्‍ज्याङ, सानो कात्तिके, छहरे, त्रिशुली, सल्यानटार, गोरखा सिमाना आरुघाट

गण्डकी प्रदेश

आरुघाट, पालुङटार, भोर्लेटार, भगवतीटार, भैसे, पोखरा, बागलुङ, बुर्तिवाङ, बागलुङ-रुकुम सिमाना

लुम्बिनी प्रदेश

रुकुम सिमाना, लुकुमगाउँ, रुकुमकोट

कर्णाली प्रदेश

मुसिकोट, चौरजहारी, जगातीपुर, बेस्ताडा, दैलेख, दुल्लु, जम्बुकाँध, सातला, साइजिउला, बेलखेत

सुदुरपश्‍चिम प्रदेश

बेलखेत, विनायक, साँफेबगर, सिलगढी, डडेलधुरा, पाटन, सतबाँझ, झुलाघाट

कालोपत्रे जारी

अहिले यस राजमार्गको स्तरोन्‍नति र कालोपत्रे गर्ने काम भइरहेको आयोजना निर्देशक नेपाली बताउँछन्। १ हजार ८७९ किलोमिटरमध्ये १ हजार ४१७ किमी सडक कालोपत्रेको काम सम्पन्‍न भइसकेको छ। चालु आर्थिक वर्षमा सय किमी कालोपत्रे हुने नेपाली बताउँछन्। भन्छन्, ‘ट्र्याक खोलिएका स्थानहरूमा कालोपत्रेको काम भइरहेको छ। पहिला सम्पन्‍न हुन नसकेका कामहरू अब टुंग्याउने चरणमा छौ।’

अहिले पहिलो चरणमा भएका ठेक्काहरू टुंग्याउने चरणमा रहेको उनको भनाइ छ। उनका अनुसार कतिपय ठेक्का भने ठेकेदारबाट काम नभएपछि तोडिएको छ।

जाजरकोट र रुकुम जोड्ने भेरी नदीको पुल ठेकेदारले समयमा सम्पन्‍न नगरेपछि ठेक्का तोडेर पुनः ठेक्का सम्झौता गरिएको छ। यो पुल आगामी वर्ष सम्पन्‍न गर्न योजना छ।

‘वनसम्बन्धी प्रक्रिया लामो भएकाले नुवाकोटको त्रिशुली- सामरी खण्डको २० किमि ट्रयाकको काम बाँकी छ। धादिङ र गोरखा खण्डको करिब ३२ किमी बूढीगण्डकी जलाशय निर्माणले रोकिएको थियो। यो अहिले क्लियर भएर आरुघाटसम्म ठेक्का लगाउने तयारीमा छौं,’ नेपाली भन्छन्, ‘बागलुङको घोडाबाँधे खण्डमा १३ किमी, खोटाङको हलेसीआसपासमा १२ किमी र तेह्रथुम खण्डमा ठेक्का तोडेर ठेकेदारलाई कारवाही गरेका छौं। त्यसमा अदालतमा स्टे अडर लिइराखेको अवस्था छ। ९ महिनादेखि यो नटुंगिएको हुँदा काम अघि बढेको छैन।’

मध्यपहाडी राजमार्ग आव ०८०-८१ मा सम्पन्‍न गर्ने लक्ष्‍य थियो। तर, कोभिड-१९ महामारीलगायत कारण समयमै निर्माण सम्पन्‍न हुन नसकेको हो। अब ०८३-८४ मा निर्माण सम्पन्‍न गर्ने लक्ष्‍य छ।

नेपाल सरकारको राष्‍ट्रिय गौरवको आयोजनाको सूचीमा रहेको मध्यपहाडी लोकमार्ग नेपालको समृद्धिको एउटा प्रमुख मेरुदण्ड बन्‍ने आशा छ। एउटा पहाडी जिल्लाबाट अर्कोमा जान पूर्वपश्‍चिम महेन्द्र राजमार्ग झरेर पुनः पहाड चढ्नुपर्ने अवस्थाको अन्त्य हुने आशा पनि छ।

बजेटको अभावले समस्या

निर्माण व्यवसायमा देशभरि देखिएको संकटको अवस्थाले मध्यपहाडी राजमार्गलाई पनि अप्रत्यक्ष असर परेको आयोजनाका निर्देशक नेपाली बताउँछन्। चालु आर्थिक वर्षमा मध्यपहाडी लोकमार्गमा ३ अर्ब ७० करोड बजेट विनियोजन भएको छ। गत आवमा ६ अर्ब विनियोजन भएको थियो।

बजेट कम हुँदा भुक्तानीमा समस्या भएको नेपाली बताउँछन्। भन्छन्, ‘बजेटको समस्याका कारण उल्लेखनीय प्रगति हुन नसकेको हो। ०८३-८४ मा आयोजनाका सबै काम सम्पन्‍न गर्न बजेट भयो भने मात्र बाँकी रहेको काम गर्न सकिन्छ नत्र भने यो समयमा सम्पन्‍न गर्न चुनौतीपूर्ण छ।’ निर्माण व्यवसायीहरूले भने आफूहरूले भुक्तानी नपाउँदा काम अघि बढाउन नसकेको बताउँदै आएका छन्।

शुक्रबार, माघ २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
असद शासनका नौ पूर्व पाइलट पक्राउ

भर्खरै

  • १.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • २.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ३.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ४.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ५.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ६.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

  • ७.
    स्विट्जरल्यान्डमा बस दुर्घटना

  • ८.
    “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.