काठमाडौं– ओमानमा जारी एसीसी प्रिमियर कपमा क्रिकेटमा नेपालले हङकङविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ।
Advertisement
ओमनको अल अमरेत क्रिकेट-१ मा हङकङविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि हङकङ ब्याटिङमा उत्रेको छ।
वर्षाले प्रभावित भएपछि २ ओभर घटाएर १८ ओभर बनाइएको खेलमा हङकङले पहिलो विकेट गुमाएको छ। खेलको दोस्रो ओभरको पहिलो बलमा हङकङका मार्टिन कोइजी ८ रन बनाएर आउट भए। नेपालका लागि करण केसीले पहिलो विकेट दिलाए।