रामेछाप– रामेछापको मन्थली नगरपालिका-७ मन्थलीघाट नजिक आज टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। उनको घटनास्थलमै ज्यान गएको हो।
Advertisement
मृत्यु हुनेमा रामेछापको गोकुलगङ्गा गाउँपालिका-३ रस्नालुका २३ वर्षीय पवित्र बस्नेत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले बताए। दुर्घटनामा परी दोलखाको तामाकोशी गाउँपालिका-६ का २१ वर्षीय सहचालक मनोज फुयाँल घाइते भएका छन्। उनको मन्थली नगर अस्पतालमा उपचार भइरहेको छ।
बालुवा लिएर भटौलीबाट मन्थलीतर्फ जाँदै गरेको बा प्र ०१-००६-३८३९ नं को टिपर सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ।