धनुषा– धनुषामा एक महिला मृत अवस्थामा भेटिएकी छन्। हंसपुर नगरपालिका ७ बस्ने ५५ वर्षीया शुभदेवी मण्डल शनिबार सहिदनगर नगरपालिका-४ ननुपट्टी स्थित गहुँ खेतमा मृत फेला परेकी हुन्।
Advertisement
जिउभरी घाउ र चोटहरू देखिएपछि मण्डलको हत्या भएको हुनसक्ने प्रहरीको आकलन छ। अहिले घटनास्थलमा तालिमप्राप्त कुकुर परिचालन गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
शुभदेवी माइत गएकी शुभदेवी शनिबार साँझ ७ बजदेखि सम्पर्कविहीन भएपछि परिवारले खोजी थालेको थियो। तर आइतबार बिहान घर नजिकैको खेलमा उनको शव फेला परेको थियो।
शव फेला परेको खबरपछि घटनास्थल पुगेको प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।