काठमाडौं– सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका छन्। नाउपामा रेशम चौधरी पक्षका सांसद चौधरीले आइतबार दिउँसो ३ बजे प्रदेश प्रमुख नाजिर मिँयालाई भेटेर मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।
चौधरीले आफूलाई नाउपासहित नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र राप्रपाका गरी २७ सांसदको समर्थन रहेको दाबी गरेका छन्।
नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षरसहित चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।
चौधरीसहित कांग्रेस संसदीय दल नेता विक्रम धामी, नाउपाका घनश्याम चौधरी, राप्रपाका सांसद खेमा विष्ट पनि प्रदेश प्रमुखलाई भेट्न पुगेका थिए। यता एकीकृत समाजवादीले भने चौधरीलाई मुख्यमन्त्री बनाउन लिखित सहमति गरेपनि दाबी प्रस्तुत गर्ने भने प्रदेश प्रमुख कार्यालयमा उपस्थित भएनन्।