• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

अचार उद्योगमा शान्ताको स्वउद्यम !


मङ्गलबार, फागुन ०१, २०८० मा प्रकाशित

परिवारका सदस्यसँग मिलेर नयाँ-नयाँ परिकारहरू बनाई खान रुचाउने शान्ताले कुनै दिन अचार उद्योग नै सञ्‍चालन गरौंला भन्‍ने कल्पना भने गरेकी थिइनन् रे !

Advertisement

काठमाडौं- एमाले पोलिटब्युरो सदस्य शान्ता चौधरी अहिले चर्चामा छिन्। राजनीतिमा सधैं चर्चामै रहने चौधरीको चर्चा यसपटक राजनीतिभन्दा फरक छ, गृहजिल्ला दाङ सदरमुकाम घोराहीमा अचार उद्योग सञ्‍चालनमा ल्याएपछि उनको चर्चा चुलिएको हो।

उसो त, शान्ताले ०७८ सालमा जीवीकोपार्जनकै लागि साझेदारीमा काठमाडौं कोटेश्‍वरमा ‘स्मार्ट जोन फिटनेस सेन्टर’मार्फत तौल घटाउने र पार्लरसम्बन्धी व्यवसाय सञ्‍चालन गरेकी थिइन्।

राजनीतिलाई निरन्तरता दिँदै गर्दा साँझबिहान छाक टार्न कठिन भएपछि आफूले साझेदारीमै पार्लर व्यवसाय अंगालेको उनको भनाइ छ। अहिले शान्ताले फेरि अचार उद्योग सञ्‍चालनमा ल्याएकी छन्। र, त्यसका लागि आफ्नै स्थायी थलो घोराही उपमहानगरपालिका-४ मा अचार उद्योग सञ्‍चालनमा ल्याएकी छन्।

उनले गत २० पुसमा घरेलु तथा साना उद्योग कार्यालय दाङमा आफ्नो अचार उद्योग दर्ता गरेकी छन्। उद्योग दर्ता भरखरै गरे पनि अचार भने विगत ७-८ महिनादेखि व्यावसायिक रूपमै बिक्री गर्दै आएकी थिइन्। उनी आफूलाई अमिलो, पिरो बढी रुचाउने अचार पारखीको रूपमा प्रस्तुत गर्न रुचाउँछिन्। परिवारका सदस्यसँग मिलेर नयाँ-नयाँ परिकारहरू बनाई खान रुचाउने शान्ताले कुनै दिन अचार उद्योग नै सञ्‍चालन गरौंला भन्‍ने कल्पना भने गरेकी थिइनन् रे !

अचार उद्योग खोल्नु आफ्नो रहर नभई बाध्यता रहेको उनी बताउँछिन्। आयस्रोतको कुनै बाटो नरहेपछि आफूले जीवीकोपार्जनकै लागि अचार उद्योग खोलेको उनको भनाइ छ। ‘मसँग कुनै पुर्ख्यौली सम्पत्ति छैन। हिजो २-२ पटक सांसद हुँदा दायाँ-बायाँ नगरी कर्तव्यपथमा हिँडेकाले टन्‍न सम्पत्ति जोड्न नसकेकामा कुनै पश्‍चाताप छैन। आएको पारिश्रमिकले कति समयसम्म चल्थ्यो र,’ भन्छिन्, ‘मैले जीवनयावन गर्न केही छ गर्नु नै थियो। तर, के गर्ने अन्योलमा थिएँ।’

आफूले जानेको सीप राम्रो अचार बनाउने नै हो भन्‍ने भान भएपछि त्यसैको उद्योग खोलेको उनको भनाइ छ।

शान्ताले बनाएको अचारको तारिफ परिवार, आफन्तले त गर्थे नै, विस्तारै गाउँटोलमै चर्चा हुन थाल्यो। र, उनलाई मागअनुसारको अचारका लागि अडैर आउन थाल्यो। केही महिनायता उनले घरमै उत्पादन गरेको अचार राम्रै बिक्री हुन थालेपछि कानूनी प्रक्रिया पूरा गरेरै उद्योगको रूपमा विस्तार गर्ने योजना बनाएकी थिइन्।

उद्योग नै दर्ता गर्न सक्दा थातथलोका केहीलाई रोजगारी पनि दिन सकिने ठम्याइमा उनी पुगिन्। र, उद्योग दर्ता गराइन्। त्यसबाट आफ्ना लागि पनि आम्दानीको गतिलो स्रोत बन्‍ने उनको निष्‍कर्ष रह्यो।

हो पनि, आयस्रोत नभइकन कुनै पनि काम गर्न सकिँदैन। राजनीति गर्ने व्यक्तिलाई त झनै नियमित आयस्रोतविना अघि बढ्न निकै मुस्किल पर्छ। भन्छिन्, ‘आफूमा भएको सीप र आफूले जानेका कुराहरूलाई अप्ठ्यारो नमानीकन गर्न सक्नुपर्छ। त्यसैले पनि मैले जानेको सीपलाई सदुपयोग गर्ने कोशिस गरेकी हुँ।’

अचार बनाउन आफूले कहीं-कतैबाट तालिम र प्रशिक्षण नलिएको शान्ता बताउँछिन्।

उनको अचार उद्योगमा भेज र ननभेज दुवै किसिमका अचार उत्पादन हुन्छन्। करिब २५ परिकारका अचार बन्‍ने उद्योगमा २० प्रकारका भेज र ५ प्रकारका ननभेज अचार बन्छन्।

सामान्यतया अचार भन्‍नासाथ शाकाहारी परिकार बुझिन्छ। तर, शान्ताले खसी र कुखुराको मासु तथा माछाको अचारलाई पनि प्राथमिकता दिएकी छन्। भन्छिन्, ‘हामीले पोर्कको अचार पनि बनाउँछौं। तर, कतिपय मानिसमा पोर्क छुनु हुँदैन भन्‍ने मान्यता रहेकाले यसको अचार भने अर्डरअनुसार मात्र बनाउँछौं।’

उद्योगमा बफको सुकुटी पनि बन्छ, जुन थोरै परिमाणमा बिक्री हुन्छ।  बढी बिक्री भने चिकेन, मटन र माछाको अचार हुन्छ। सोही कारण ती अचारका परिकारलाई बढी प्राथमिकतामा राखेको उनी बताउँछिन्।

भेज अचारमा लसुन, अकबरे खुर्सानी, तामा, मुला, अदुवा, मिक्स अचार, आँप, कागती, तिलको छोपलगायत उत्पादन हुन्छन्, उनको उद्योगमा।

शान्ताका अनुसार उनको उद्योगमा उत्पादन हुने अचार प्रतिकिलो ५ सयदेखि ५ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। सबैभन्दा कम मूल्य भेजमा मुलाको अचारको दाम ५ सय रुपैयाँ प्रतिकिलो छ। मटनको अचारको भने प्रतिकिलो ५ हजार रुपैयाँ तोकिएको छ।

हालसम्म ग्राहकको अर्डरअनुसार अचार बनाए पनि आगामी योजना सुपर मार्केटहरूमा पनि अचार सप्लाई गर्ने रहेको उनको भनाइ छ। भन्छिन्, ‘अहिले दाङकै गाउँमा कृषि मेला लागेको छ। त्यहाँ स्टोर लिएर भेज, ननभेज दुवै प्रकारका करिब ४० किलो अचार बिक्रीमा राखेएका छौं।’

अहिले शान्ताको उद्योगमा परिवार सदस्यहरूले साथ दिँदै आएका छन्। अनि, गाउँकै चारजनाले पनि रोजगारी पाएका छन्। उद्योग विस्तार हुँदै गयो भने अझै थप स्थानीय बासिन्दालाई रोजगारी दिने उनको योजना छ।

उद्योगमा २० लाख लगानी

शान्ताको अचार उद्योगमा २० लाख रुपैयाँ लगानी भएको छ। अचार बनाउन छुट्टै भवनको आवश्यक पर्छ। त्यसकारण पनि २० लाख रुपैयाँ पर्याप्त नरहेको उनी बताउँछिन्। भन्छिन्, ‘अचार उत्पादन गर्न आवश्यक केही मेसिन, भाडा र भवन अझै  निर्माण गर्न नसकिएकाले तत्काल २० लाख लगानीमै उद्योग सञ्‍चालन गरेकी छु।’

अचार बनाउन आवश्यक केही मेसिन काठमाडौंबाट ल्याएको र अन्य भाँडाकुँडाहरू दाङमै खरिद गरेको उनको भनाइ छ। अचार बनाउन आवश्यक पर्ने सामग्री गाउँले किसानबाटै खरिद गर्दै आएकी छन्।

उनको बुझाइमा नियमित आयस्रोत भयो भने मानिस हरेक कुरामा अघि बढ्न सक्छ। भन्छिन्, ‘भन्दा पैसा नै सोबथोक होइन भनिन्छ, पैसा भएन भने यो जमानामा केही गर्न नसकिँदो रहेछ। चाहे सामाजिक क्षेत्र होस् या राजनीति, जुनसुकै क्षेत्रमा पनि नियमित आयस्रोत अत्यावश्यक रहेछ।’

काम गर्न लजाउने, अप्ठ्यारो मान्‍ने भयो भने जीवनमा केही गर्न नसकिने तर्क उनको छ। ‘उद्योग सञ्‍चालन गर्दै गर्दा अहिले धेरैले तपाईंजस्तो मान्छेले पनि के अचार बनाउँदै बस्‍नुभएको भनेर टिप्प्णी गर्छन्,’ भन्छिन्, ‘म उहाँहरूलाई भ्रष्‍टाचार गर्नुभन्दा मिहिनेतको प्रतिफल कैयौं गुणा मिठो हुन्छ भन्‍ने प्रतिक्रिया दिन्छु।’

यस्तो छ शान्ताको राजनीतिक पृष्‍ठभूमि

दाङमा जन्मिएकी शान्ता ८ वर्षको उमेरदेखि नै जमिनदारको घरमा २५ वर्षसम्म कमलरी बसेकी थिइन्। जमिनदारको घरमा उनले विनापैसा काम गर्नुपरेको थियो। आफूमाथि भएको अन्यायकै कारण विद्रोह गरेकी शान्ताले आफू मुक्त भइसकेपछि थारू समुदायकै अन्य १७ जना कमलरी बसेका महिलालाई समेत मुक्त गराएकी थिइन्।

मुक्त भएका १७ कमलरीलाई शिक्षाको व्यवस्था गरी डाँडागाउँ चुप्लीबाटामा बिजुली बत्तीसमेत ल्याउन सफलता पाएकी थिइन्। भूमि आन्दोलनमा लाग्दा जमिनदारले उनको घरसमेत जलाइदिएका थिए।

सामाजिक कार्य गर्दै गरेकी शान्ता राजनीतिमा समेत सक्रिय हुन पुगिन्। ०६४ सालको संविधान सभा निर्वाचनमा उनी एमालेबाट समानुपातिक सभासद भइन्। यस्तै, ०७४ सालको निर्वाचनमा उनलाई पार्टीले फेरि समानुपातिकबाटै दोस्रोपटक सांसद बनाएको थियो।

२०७९ सालको निर्वाचनमा शान्ता दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी थिइन्। तर, त्यसपटक एकीकृत समाजवादीका मेटमणि चौधरीसँग उनी पराजित भइन्। अहिले एमालेको पोलिटब्युरो सदस्य छिन्। र, देशव्यापी राजनीतिक र सामाजिक काममा सक्रिय छिन्।

मङ्गलबार, फागुन ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.