काठमाडौं– एसीसी प्रिमियर कप अन्तर्गत दीपेन्द्र सिंह ऐरी र आसिफ शेखको अर्धशतकमा नेपालले कतारलाई २११ रनको कठिन लक्ष्य दिएको छ।
Advertisement
ओमानमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ६४ रनको योगदान दिए। २१ बल फेस गरेका उनले ३ चौका र ७ छक्का हाने। त्यस्तै आसिफ शेखले ५२ रन बनाए। ४१ बल फेस गरेका आसिफ ६ चौका प्रहार गरे।
१८ बल फेस गरेका कुशल मल्लले ३६ रन बनाउँदा कप्तान रोहित पौडेलले १८, कुशल भुर्तेलले १२ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन्।
बलिङमा कतारका हिमांसु राथोड र मुसवार साहले समान ३/३ विकेट लिए।