काठमाडौं– ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले दोस्रो खेलमा कतारविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णिय गरेको छ।
Advertisement
ओमानमा जारी खेलमा शनिबार कप्तान रोहित पौडेले टस जितेर ब्याटिङ रोजेपछि कतारले पहिला बलिङको निम्तो पाएको हो।
खेल नेपाली समयअनुसार, अपरान्ह ४ः१५ बजे सुरु हुनेछ।
यसअघि शुक्रबारको पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको नेपाल आजको खेल पनि जित्दै लगातार दोस्रो जित निकाल्ने दाउमा छ।