बाँके- बैजनाथ गाउँपालिका-६ गरैचोकस्थित सडकमा भे.११ प ५२२१ नम्बरको मोटरसाइकल र भे.७ प ९२०९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार बिहान दुर्घटना हुँदा भे.११ प ५२२१ नम्बरको मोटरसाइकल चालक कोहलपुर नगरपालिका-८ बस्ने ४३ वर्षीय हरी प्रसाद अधिकारीको मृत्यु भएको छ ।
Advertisement
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका भे.७ प. ९२०९ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।