काठमाडौं– सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ।
Advertisement
अधिकारीको नियुक्ति असंबैधानिक रहेको भन्दै निवर्तमान मुख्यमन्त्री तथा नेपाल कांग्रेस प्रदेश सभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
सभामुखको समेत हस्ताक्षर लिएर मुख्यमन्त्री बहुमत दाबी गरेको भन्दै दायर रिटमा सुनुवाइ गर्दै सर्वोच्चले नियुक्तिविरुद्ध आदेश दिँदा सरकार शून्यताको अवस्था हुने भन्दै दीर्घकालीन महत्वका काम नगर्न गण्डकी सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो।
सर्वोच्चले पूर्ण सुनुवाइका लागि वैशाख १० गतेलाई पेशी तोकिएको छ।