काठमाडौं– तनहुँ जिल्ला देवघाट गाउँपालिका स्थायी ठेगाना भएका दीपक मगरले उपचारको लागि आर्थिक सहयोग गरिदिन सार्वजनिक अपिल गरेका छन्।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफू विगत ९/ १० वर्षदेखि बोनम्यारो क्यान्सरबाट पीडित रहेको बताए। उनले अहिले बोनम्यारो ट्रान्सप्लान्टको तयारी भइरहेको र त्यसका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेका हुन्।
“मलाई रोग लागेको ९/१० वर्ष भइसक्यो। अहिलेसम्म उपचार गर्न सकेको छैन। मेरो परिवारमा तीन वर्षको बच्चा र श्रीमती छन्। अहिले श्रीमती पनि माइग्रेनको विरामी छिन्। अहिले म उपचार गर्न नसकेर आर्थिक सहयोगको अपिल गर्न आएको छु। सबै जनाले सहयोग गरिदिनु होला,” उनले भने।
दीपक मगरको लक्ष्मी सनराइज बैंकको खाता नं. ०१२२४१०९८९६ मा सकेको आर्थिक सहयोग गरिदिन उनले अपिल गरेका छन्। साथै, विरामीसँग अन्य कुराको आवश्यक जानकारी लिन मोवाइल नम्बर ९७०४४१२५६९ मा सम्पर्क गर्न पनि भनिएको छ।