काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिका-५ लोलाङमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।
Advertisement
लोलाङका शंकरराज भेटुवालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने गोरखा, गोरखा नगरपालिका-२ घर भएका २५ वर्षीय उत्सव बिश्वसमेत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।
प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ५ सय रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।