काठमाडौं- नवलपरासी पूर्व गैडाकोट नगरपालिका-१३ सिख्रौलीस्थित नारायणी नदी किनारमा ललितपुर लेले-७ बस्ने ५० वर्षीय राजन थापा क्षेत्री आइतबार मृत अवस्थामा फेला परेका छन् ।
रूपन्देही सैनामैना नगरपालिका-७ रामबस्ती बस्ने मोहन भुसालको छोरा ८ वर्षीय आयुष भुसाल सोही ठाउँस्थित ईन्गोरिया खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् । आइतबार घरबाट हराएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
यसैगरी रूपन्देही कोटहीमाई गाउँपालिका-६ हर्दी बस्ने ५४ वर्षीय राम किसन चौधरी सोही ठाउँस्थित आफनै खेतमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
लमजुङ क्व्होलासोथार गाउँपालिका-१ नजरे बस्ने ६९ वर्षीया धन कुमारी गुरुङ सोही गाउँपालिका-३ च्यानडाडास्थित च्यानडाडा वनको भिरबाट खोल्सामा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । चैत १५ गते माईती घर जान्छु भनी हिँडेकी उनी सम्पर्कमा नआएपछि खोजी गर्ने क्रममा सडीगलेको अवस्थामा शव फेला परेको हो ।
रामेछाप रामेछाप नगरपालिका-६ हुदिल बस्ने ७३ वर्षीय तेज बहादुर कार्की आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
रौतहट गरुडा नगरपालिका-६ अमरपट्टी बस्ने १८ वर्षीय नन्दकिशोर राय यादव सोही ठाउँस्थित झाझ सिचाई नहरमा सोमबार मृत अवस्थामा फेला रहेका छन् ।