धनकुटा- साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकस्थित को.१ ख ३२९४ नम्बरको मिनि ट्रकबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ४४ किलो आइतबार बेलुकी प्रहरीले बरामद गरेको छ ।
Advertisement
इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको उक्त ट्रक जाँच गर्ने क्रममा सब्जीको बोराभित्र प्याक गरी लुकाइ राखेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।