काठमाडौं– डोल्पामा डढेलो नियन्त्रणमा खटिएका देवीदत्त गुल्मका चार सैनिक डढेलोमा परि गम्भीर घाइते भएका छन्।
Advertisement
घाइते हुनेमा २३ वर्षीय अशिष बुढा, २८ वर्षीय हेमन्त रावत, ३० वर्षीय विजय कोइराला र ३८ वर्षीय केसरबहादुर दर्जा मगर छन्।
डोल्पा सदरमुकाम नजिकैको ठुली भेरी नगरपालिका-३ को मष्टा भवानी सामुदायिक वनमा आइतबार दिउँसोदेखि लागेको डढेलो नियन्त्रणका लागि सोमबार सो गुल्मको सैनिक टोली खटिएको थियो। १६ जना खटिएकामा ४ सैनिक गम्भीर घाइते भएका र अन्य सामान्य घाइते भएका जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ।
गम्भीर घाइतेहरूलाई थप उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ।