काठमाडौं– नेपाल आइडलबाट उदाएका गायक निशान भट्टराई र उनकी श्रीमती मोडल ऋचा न्यौपानेको डिभोर्स भएको छ। चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले उनीहरूको सम्बन्धबिच्छेदको आदेश दिएको हो।
अदालतको आदेशमा भनिएको छ, “प्रस्तुत मिलापत्रको ब्यहोरा, त्यसको मतलब र परिणामसमेत दुवै पक्षलाई पढीबाची लेखिएबमोजिम पति पत्नीबीचको सम्बन्धविच्छेद हुनेगरी मिलापत्र गर्न सहमत भई दुवै पक्षहरूले सहीछाप समेत गरेकाले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ बमोजिम प्रस्तुत मिलापत्र प्रमाणित गरिदिएको छ।”
तीन वर्षअघिमात्र कोर्ट म्यारिज गरेको यो जोडीको सम्बन्धमा गत वर्षदेखि नै दरार आएको खुलेको थियो। उनीहरूले सहमतिमै सम्बन्ध टुंग्याएको बताइएको छ। ऋचाले अंशको दाबी नगरि डिभोर्सका लागि राजी भएको काभ्रे जिल्ला अदालत स्रोतले बतायो।
निशान चर्चित गायक हुन् भने ऋचा मोडलिङ गर्छिन्।