काठमाडौं– जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष तथा सांसद अब्दुल खान सवार गाडी दुर्घटनामा परेको छ।
Advertisement
निजी सचिवालय सदस्यहरूको साथमा काठमाडौंबाट बर्दिया जाने क्रममा सोमबार बिहान करीब साढे ८ बजे धादिङको रोराङ गाउँपालिका-७ कृष्णभिर भन्ने ठाउँमा खान सवार गाडी दुर्घटनामा परेको हो।
दुर्घटनामा घाइते भएका खानसहित सचिवालय सदस्यहरूलाई उपचारका लागि काठमान्डौको ट्रमा सेन्टर लागिएको सांसद खानको निजी सचिवालयले जनाएको छ।