• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

वालिङको चिहानडाँडामा बन्यो आधुनिक ‘शवदाह स्थल’


सोमबार, चैत २६, २०८० मा प्रकाशित

वालिङ (स्याङ्जा)– वालिङ-७ को चिहानडाँडामा आधुनिक शवदाह स्थल निर्माण गरिएको छ। पानी र हावाहुरी परेका बेला शव जलाउन निकै सास्ती खेप्दै आएका स्थानीय गुरुङ समुदायले वालिङ नगरपालिकाको सहयोगमा आधुनिक शवदाह स्थल निर्माण गरेका हुन्।

Advertisement

शवदाह स्थल निर्माणसँगै अन्त्येष्टि कर्म सहजरुपमा गर्न सकिने भएको स्थानीय समाजसेवी भोजराज गुरुङले बताए। “सामान्य समयमा शव जलाउन समस्या थिएन”, उनले भने, “वर्षाका समयमा र ठूलो हावाहुरी चलेका बेला शव जलाउन निकै समस्या हुन्थ्यो, आधुनिक शवदाहस्थल निर्माण भएसँगै अब सहज हुने भएको हो।”

चिहानडाँडा वनजङ्गलसितै जोडिएको ठाउँमा रहेकाले पनि हावाहुरीका कारण आगलागी हुनसक्ने भएकाले आधुनिक शवदाह स्थल निर्माणले त्यो समस्या हल भएको उनले बताए।

“वनजङ्गल मासिने, पानी परेका बेला काँचा दाउरा नजल्ने, समयमा शव जलाउन नसकिनेजस्ता समस्या थियो”, उनले भने, “शवदाहस्थल निर्माणसँगै यी समस्याहरु न्यूनीकरण हुँदै जानेमा हामी विश्वस्त छौँ।”

शवदाह स्थल निर्माण गर्नका लागि वालिङ नगरपालिकाले चार लाख बजेट विनियोजन गरेको उनले बताए। नगरपालिकाले उपलब्ध गराएको चार लाख र स्थानीयबाट तीन लाख गरी सात लाख खर्च भएको हो।

“शवदाह स्थल निर्माणका लागि स्थानीयले रकम सङ्कलनसहित दैनिक जनश्रमदान गर्नुभएको छ”, उनले भने, “स्थानीयहरू आफूहरू पनि निर्माणस्थलमा सँगै खटिनुहुन्छ भने दैनिकरुपमा आलोपालो कामदारलाई खाजा खुवाउँदै आइरहनुभएको छ।”

वनको नजिकै रहेको चिहानडाँडामा पानी आएका बेला र ठूलो हावाहुरी चलेका बेला शव जलाउन धेरै दुःख पाएको स्थानीयवासी एवं शवदाह स्थल निर्माण समितिका अध्यक्ष किसान गुरुङले बताए।

चिहानडाँडामा मलामी जाँदा सुरक्षितरुपमा बस्नका लागि पौवा निर्माण गरिएको छ । रातिको समयमा पनि सुरक्षालाई मध्यनजर गरी स्थानीय इन्द्रबहादुर गुरुङको सहयोगमा सोलार बत्ती जडान गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।

सोमबार, चैत २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.