भक्तपुर– भक्तपुरमा १३ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
Advertisement
पक्राउ पर्नेमा भक्तपुर झौखेल बस्ने ओखलढुङ्गा सिद्धिचण नगरपालिका-१ घर भएका २३ वर्षीय अमृत थापामगर छन्। उनलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो।
अमृतले ती बालिकालाई गत माघ १८ गतेदेखि पटक-पटक जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरी प्रभाग व्यासीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
प्रहरीले उक्त प्रकरणमा आवस्यक अनुसन्धान शुरू गरिसकेको बताएको छ।