काठमाडौं– रक्सी खाएर सडकमा होहल्ला गरेको आरोपमा पक्राउ परेका गायक राजेश पायल राई छुटेका छन्।
Advertisement
राईसहित पक्राउ परेका तीन जनालाई रक्सीले छोडेपछि सम्झाइ बुझाइ गरेर आफन्तको जिम्मामा छोडिएको बानेश्वर प्रहरीले बतायो।
बिहीबार बिहान २ बजेतिर बानेश्वरको देवी नगरबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। रक्सी खाएर होहल्ला गरेको गुनासो आएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। तर राईले उल्टै प्रहरीलाई नै धम्की दिएपछि पक्राउ परेका थिए।
त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेर प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेको थियो।