काठमाडौं– नेपाल प्रहरीका तत्कालीन डीएसपी ठगबहादुर केसीले सुन फिर्ता गर्न घुस खाएको पुष्टि भएको छ।
Advertisement
मंगलबार विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रीजेन्द्र थापाको संयुक्त इजलासले ठगबहादुरलाई घुस प्रकरणमा दोषी ठहर गर्दै २ वर्ष कैद र आठ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो।
इलाका प्रहरी बुटवलमा प्रमुख भएका बेला केसीले बरामद भएको ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन फिर्ता नदिएर आफैंसँग राखेर घुसको बार्गेनिङ गरेका थिए। सोहि सुन फिर्ता गर्न उनले सुन फिर्ता गर्ने क्रममा उनले दुई जनासँग १८ लाख लाख घु खाएको अख्तियारको छानबिनमा खुलेको थियो।
अख्तियारले उनीविरुद्ध सोहि बराबरको बिगो माग गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।