• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

कनकाईमा प्लास्टिक ब्लक उत्पादन थालियो, सिमेन्ट ब्लकभन्दा आधा सस्तो


मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित

झापा– कनकाई नगरपालिकामा फोहोर व्यवस्थापनसँगै बायोग्यास उत्पादन गरिरहेको कनकाई-बिर्ता-अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीले प्लास्टिक ब्लक (पेवर्स) उत्पादन सुरु गरेको छ ।

Advertisement

स्थानीय सरकार तथा निजी लगानी रहेको सो ऊर्जा परियोजनाले दैनिक दुई हजार थान पेवर्स उत्पादन गर्ने गरी परीक्षण उत्पादन सुरु गरेको हो। प्लास्टिक ब्लक मेकिङ मेसिन एक करोड ७१ लाखको लागतमा ल्याइएको परियोजनाका मेकानिकल इन्जिनियर मोहमद नसिम अलीले बताए।

उनले सो मेसिनबाट दैनिक १० जनशक्तिको प्रयोग गरी २४ घण्टा नै पेवर्स उत्पादन गर्न सकिने बताए। उनले परीक्षणकालीन समय एक हप्ताका लागि भएको बताए। भारतबाट ल्याइएको स्वचालित मेसिनले बालुवा र प्लास्टिकको मिश्रण आफैं मिलाउने उनले बताए।

पहिलो चरणमा प्लास्टिकलाई टुक्र्याएर ६० देखि ७० डिग्री तापक्रममा गलाएर लेदो बनाइने र लेदोलाई प्रेस मेसिनमा राखेर ३० टनको लोड दिएर ब्लक निर्माण गरिने गरेको उनले बताए। विभिन्न आकारमा निर्माण गरेर केहीबेर पानीमा राखिने गरेको ब्लकको भार क्षमता ८० टन रहेको इन्जिनियर अलीले बताए। मर्मत राम्रो भएमा वर्षाैंसम्म ब्लकले काम गर्ने उनले बताए।

प्लास्टिक र बालुवाबाट निर्मित ब्लकको मूल्य प्रतिगोटा १२ रहेको छ। उनले भने, “सिमेन्टबाट निर्मित ब्लकको मूल्यभन्दा झन्डै आधा खर्चमा पाइन्छ। यस ब्लकबाट सडकदेखि घर कम्पाउन्ड निर्माण प्रयोग गर्न सकिन्छ।”

दैनिक दुई हजार ब्लक उत्पादन गर्न चार टन प्लास्टिक चाहिने ऊर्जा परियोजनाले जनाएको छ। उनका अनुसार हाल दैनिक डेढ टन प्लास्टिक मात्र परियोजनामा सङ्कलन हुने गरेको छ। कनकाई-बिर्ता-अर्जुन नवीकरणीय ऊर्जा परियोजनाले वर्गीकरण गरेको फोहोरबाट बायोग्यास र ब्लक निर्माण भएको हो। बायोग्यास उत्पादन भइरहे पनि त्यसको बिक्री हुन नसकिरहेको परियोजनाले जनाएको छ।

परियोजना कनकाई, विर्तामोड र अर्जुनधारा नगरपालिका, दातृ निकाय र स्थानीय नागरिक समेतको २२ करोड लगानीमा फोहोर मैलाको दिगो व्यवस्थापनका लागि बायोग्यास प्लान्ट निर्माण गरिएको थियो।

मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.