काठमाडौं– नेपाल ए ले आयरल्यान्ड ए विरुद्ध ३ विकेट लिएको छ।
Advertisement
नेपालले दिएको २ सय १४ रनको विशाल लक्ष्य पछ्याएको आयरल्यान्डको तीनै विकेट विपिन खत्रीले लिएका हुन्।
उनले खेलको ५ ओभरको दोस्रो बलमा आयरल्यान्डका पिटर मोरको विकेट लिएका छन्। त्यसअघि उनैले खेलको खेलको तेस्रो ओभरको दोस्रो बलमा जेम्स म्याकलमको विकेट लिएका थिए भने सोहि ओभरको पाँचौं बलमा रोज अडेरको विकेट लिएका थिए। १४ बल फेस गरेका अडेरले ५ चौका र एक छक्का हान्दै ३१ रन बनाएका थिए।