काठमाडौं– गीतकार डा.हेमन्त खतिवडाको हिन्दी गीतको किताब कैसा मन मस्ताना प्यारे प्रकाशित भएको छ।
यसमा विशेष गरेर प्रेमको रोमान्टिक विषयलाई गीतकार ले समेटेका छन्। यस कृतिमा दुई शय वटा हिन्दी गीतहरु रहेका छन्। दुई शय पृष्ठमा किताब तयार भएको छ, यसको मूल्य भारु.२०० रहेको छ। गीतहरु प्रेम गीतको प्रचलित परम्परा भन्दा फरक किसिमले लेखिएका छन्।
गीतकार खतिवडा भन्छन्, “प्रेम भनेको सतही विषय नभई, यसको आफ्नै दर्शन छ र प्रेम गीत लाई पनि म दर्शन सँग जोडेर हेर्छु र लेख्न रुचाउँछु.” ओम प्रकाशन दिल्लीले प्रकाशन गरेको यस कृति भारतीय पाठकहरु बिच लोकप्रिय हुने अपेक्षा गरिएको छ।
गीतको बनोट र प्रस्तुतिका जुन तरिका छन् ती कलात्मक र बिम्वात्मक छन्। शव्दहरू सरल छन् तर ती शव्दहरूले बोक्ने भाव गम्भीर छन्। उनका गीतहरुमा प्रेमको मनोविज्ञान अनौठो तबरले घुलित भएका छन्। शव्द शव्दमा गहिरो मनोविज्ञान सम्प्रेषण गर्न गीतकार खप्पिस छन्। विवाहको विषयवस्तुमा पनि केही गीत लेखेका छन।
प्रस्तुत पुस्तकमा प्रस्तुत गरिएका गीतहरु मा प्रेमका विविध स्वरुपहरु लाई विभिन्न आयामहरू बाट ब्याख्या गरिएको छ। यो गीत संग्रह रोमान्टिक गीतहरु को दस्तावेज नै बन्न पुगेको छ। गेयात्मक र लयात्मकता ले कृतिको ओज बढेको छ।
खतिवडाका दर्जनौं गीत लोकप्रिय छन् र उनी नेपालको सबभन्दा कम उमेरमा गीत लेख्ने गीतकार पनि हुन्। यस कृति लाई निकै महत्वका साथ हेरिएको छ।