पाल्पा- तानसेन नगरपालिका-८ जरेपिपलस्थित सिद्धार्थ राजमार्गमा हावाहुरी र असिना सहितको वर्षाको कारण ढलेको रूख लु.८१ प ११३६ नम्बरको स्कुटरसँग च्यापिएका स्कुटरमा सवार सोही नगरपालिका-५ कैलाशनगर बस्ने १९ वर्षीय भुवन दर्लामीको शनिबार साँझ मृत्यु भएको छ ।
Advertisement
सडक माथिबाट रूखहरु ढली सडक अवरोध भएको र २ वटा स्कुटर तथा १ वटा मोटरसाइकल रूखले च्यापिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पा समेतबाट खटिएको प्रहरीले गरी उक्त स्कुटरसँग च्यापिएका स्कुटर चालक सोही नगरपालिका-२ बडिज्ञानटोल बस्ने २० वर्षीय प्रथम शाही र स्कुटरमा सवार भुवनलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएकोमा उपचारको क्रममा भुवनको मृत्यु भएको हो । स्कुटर चालक शाही उपचार पश्चात डिस्चार्ज भएका छन् ।