काठमाडौं– काठमाडौंमा शनिबार एक पुरुष मृत फेला परेका छन् भने आइतबार एक महिला मृत फेला परेकी छन्।
Advertisement
काठमाडौं महानगरपालिका-३१ प्रयागमार्ग चोक नजिक गल्लीको बाटोमा सोही ठाउँ बस्ने उदयपुर गाईघाट रातोपानी घर भएका २६ वर्षीय बिक्रम राई शनिबार मृत अवस्थामा फेला परेका छन्।
यसैगरी काठमाडौं, टोखा नगरपालिका-३ साईबाबा चोक डेरा गरी बस्ने दाङ घर भएकी २७ वर्षीया रेखा थापा आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेकी छिन्।
प्रहरीले दुवै घटनाको बारेमा अनुसन्धान शुरू गरेको बताएको छ।